खैरहनी नगर वाङ्मय परिषद् बाट कृति विमोचन तथा रचना वाचन सम्पन्न

कोहलपुर , चैत २८, प्रकृति प्रेमी,

खैरहनी नगर वाङ्मय परिषद्ले एक कार्यक्रमका बिच चैत २७ गते शुक्रबार  कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

परिषद् का अध्यक्ष चेतराज रेग्मीको अध्यक्षतामा खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा गिरिराज डल्लाकोटीको कोपिला सँगालो ‘गुञ्जिका’ विमोचन भएको थियो । खैरहनी नगरपालिकाका मेयर एवम् वाङ्मयका प्रमुख संरक्षक,  शशिकुमार खनिया, संरक्षक कविता उप्रेती, सल्लाहकार  प्रेम रिमाल, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद रेग्मी लगायतबाट भएको कृति विमोचन तीन दर्जन   बढीको उपस्थिति थियो ।

रचना वाचन कार्यक्रममा भर्खरै विद्यालय पढ्दै गरेका साना बाबुनानीहरू देखि लिएर शिक्षक, कर्मचारी एवम्   साहित्यकारहरू सुमन कडरिया, केशवराज आमोदी, धनराज गिरी, ईन्द्रप्रसाद रेग्मी , राजेन्द्र घायल, यमुना न्यौपाने, सञ्जय चौधरी ,शूर्यमणि रेग्मी, मीरा खरेल, ईन्द्रप्रसाद शर्मा लगायतले आफ्नो सिर्जना सुनाएका थिए । खैरहनी नगरपालिकाकी शिक्षा अधिकृत एवम्  कवि सामना पहाडले सञ्चालन गरेको उक्त कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्री , वरिष्ठ समालोचक उदय अधिकारी समेतको उपस्थिति रहेको थियो

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !