टेकराज भण्डारी, अछाम,
कोहलपुर, असार १२,
गंगा माध्यमिक विद्यालयमा समग्र शैक्षिक अवस्थाका बारेमा वृहत् अन्तरक्रिया गरिएको छ ।
विद्यालयको समग्र शैक्षिक अवस्थाका बारेमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा सरोकारवालासंग अन्तरक्रिया गरिएको हो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य पवित्रा भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रियामा मंगलसेन नगरपालिका ६ का वडाध्यक्ष देबेन्द्र प्रसाद भण्डारी रहेका थिए । प्रमुख अतिथि भण्डारीले विभिन्न समस्या र अभावका बावजुद विद्यालयमा हाल कक्षा ११र१२ सञ्चालन गरिएको र समस्या समाधानका लागि वडा कार्यालयबाट सक्दो सहयोग गरिररहेको बताए । वडा कार्यालयले नगरपालिकाबाट पनि आवश्यक सहयोगका लागि समन्वय गरिररहेको अध्यक्ष भण्डारीको भनाइ छ ।
कार्यक्रमको सहजीकरण तथा विद्यालयका गतिविधिबारे विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारीले पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा सफलता हाँसिल गरिरहेको बताएका छन् । गत शैक्षिक सत्रमा एसईई र कक्षा ८ को परिक्षामा पनि गंगा माविले उत्कृष्ट नतिजा हाँसिल गरेको जानकारी गराए ।
सरोकालवालाहरुले विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धिका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । बालबालिकालाई शैक्षिक सामग्री ९कापी, पेन्सिल, कलम, झोला, ड्रेस० सहित नियमित विद्यालय पठाउने, गृहकार्य र सिकनईका लागि घरमा वातावरण बनाउने, विद्यार्थीलाई नियमित सिकाइ तथा पठनपाठनमा शिक्षकहरुले प्रतिवद्धताका साथ सिकाइ गराउने, नियमित विद्यालय पठाउने प्रतिवद्धता जनाएका छन् ।
यस्तै अन्तरक्रिया मार्फत विद्यालयसंग सम्बन्धित कुराका विषयमा विद्यालयमा आइ प्र।अ। तथा शिक्षकसंग कुरा राख्ने, विद्यालयका लागि रचनात्मक तथा सिर्जनात्मक सुझाव सल्लाह प्रदान गर्ने, विद्यालयमा आई आफ्नो बालबालिकाको पठनपाठन, सिकाइ, सहभागीता लगायतका विषयमा जानकारी लिने अभिभावकको भनाइ छ । कार्यक्रममा मंगलसेन ६ का वडा सदस्य जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा नेपाली, पूर्व वडा सदस्य नरपति भण्डारी, राजुदेवि भण्डारी लगायतको सहभागीता रहेको विद्यालयका सूचना अधिकारी टेकराज भण्डारीले जानकारी दिए ।
