खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा दीपक बहादुर भण्डारीको उम्मेदवारी

कोहलपुर, असोज १२,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशअन्तर्गत खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा दीपकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

भण्डारी लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले उद्योग वाणिज्य संघलगायत विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा रहेर काम गरिसकेका छन् । उद्योगी–व्यवसायीका सवाल, सामाजिक सरोकार तथा स्थानीय विकासका विषयमा समेत उनको सक्रियता रहँदै आएको बताइएको छ। व्यावसायिक क्षेत्रको अनुभवलाई राजनीतिक तथा सामाजिक जिम्मेवारीसँग जोड्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको भण्डारीले बताएका छन् ।

उनले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा कार्यकर्तासँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् । खस–आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि पार्टी संगठनसँगै उद्योगी–व्यवसायीका समस्या, सामाजिक विकास र स्थानीय सरोकारका विषयलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन भूमिका खेल्ने भण्डारीको भनाइ छ।

पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको हकहित तथा सामाजिक विकासका सवाललाई प्राथमिकतामा राख्दै आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको भण्डारीले बताएका छन् । उनले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !