कोहलपुर, असोज १२,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुला केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार निमबहादुर चलाउने ‘निरज’ले आफूलाई मनले मतदान गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
कोहलपुर नगरपालिका–१० का पूर्ववडाध्यक्षसमेत रहेका चलाउनेले पार्टीलाई व्यक्ति केन्द्रित नभई संगठन र विचार केन्द्रित बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरिसकेका चलाउनेले पार्टी संगठनलाई थप मजबुत बनाउने तथा कार्यकर्ताको भावना र आवश्यकतालाई नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धतासहित खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन् ।
उनले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न अपिलसमेत गरेका छन् ।
