कोहलपुरमा शवदाह गृहको शिलन्यास

कोहलपुर, असोज २०,

कोहलपुर नरपालिकामा शवदाह गृहको शिलन्यास गरिएको छ ।

कोहलपुर नगरबासीको लामो समयदेखिको साँझा एजेन्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएसँग आईतबार शिलन्यास गरिएको हो ।

कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम स्थलपारी आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृहको शिलन्यास गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका हुन् । शवदाह निर्माणसँगै करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो,कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने विश्वास लिएको आचार्यले बताएका छन् ।

प्रारम्भिक रुपमा करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने कोहलपुर शवदाह गृहको निर्माण संयोजक समाजसेवी व्यक्तित्व चक्र अधिकारी रहेका छन् । भने सर्वपक्षीय रुपमा अधिकारीको टिम तयार गरिएको छ । शवदाह गृह निर्माणको लागि आवश्यक रकम विभिन्न सामाजिक तथा वित्तिय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व वहन गर्न लगाइ जुटाउने प्रक्रियामा रहेको पनि आचार्यले बताएका छन् । शवदाह गृह निर्माण सतितिका संयोजक चक्र अधिकारीको विशेष पहलमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको र चाडै निर्माण समितिको बैंक खातामा रकम उपलब्ध हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

अधिकारीकै अगुवाइमा अन्य वित्तीय संस्थाहरुमा समेत समन्वय भइरहेको छ । शवदाह गृहमा सहयोग गर्न आचार्यले आग्रह गरेका छन् । आचार्यले यो पुण्य कामको शुभारम्भको समयसम्ममा समन्वय गर्नुहुने सबै राजनीतिक दल, कोहलपुर नगरका धार्मिक तथा सामाजिक अगुवा व्यक्तित्वहरु, निर्माण समितिका संयोजक लगायत टिमका सदस्यहरु, एभरेस्ट बैंक परिवार तथा अन्य सम्पूर्णहरु प्रति आभार व्यक्त गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !