कोहलपुर, असोज २४,
कोहलपुर रेसिङ्ग साहरा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त भएका छन् ।
कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको राजिनामा पछि क्षेत्रीलाई कोहलपुर नगर खेलकुद विकास समितीको संयोजकमा नियुक्त गरिएको हो । थापाले घरायसी कारण देखाउँदै राजिनामा पेश गरेका थिए ।
कोहलपुर नगर खेलकुद विकास समितिको संयोजकमा क्षेत्री नियुक्त भएपछी उनले कोहलपुरको समग्र खेलक्षेत्रको विकासका लागि लागिपर्ने बताएका छन् ।
