कोहलपुर, कार्तिक २३,
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार ६ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट ३ जना र व्यास नगरपालिका– ३ बाट ३ जना गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।
बिहीबार तनहुँमा विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम कास्कीको हेम्जा सेवाकेन्द्रमा संरक्षणका लागि लगिएको छ । असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २५ औँ दिन तनहुँको दमौली बजारसम्म आइपुग्दा १८३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएको हो । उद्धार हुनुभएका १४० जना पुरुष र ४३ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टोली बिहीबार पोखरा हुँदै तनहुँका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखाका हुँदै धादिङका विभिन्न स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा खटिनेछ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवाकेन्द सञ्चालनमा ल्याई सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै १२ वर्षदेखि मानवीयता प्रबर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार ७ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममामा बुधबार कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाबाट गरि ७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो । बुधबार पोखराका विभिन्न स्थानबाट उद्धार हुनुभएका ६ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम कास्कीको हेम्जा सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २४ औँ दिन कास्कीको पोखरासम्म आइपुग्दा १७७ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएको हो । उद्धार हुनुभएका १३५ जना पुरुष र ४२ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।

राष्ट्रिय उद्धार टोलीले बुधबार दिनभर पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली बिहीबार गोरखाका विभिन्न क्षेत्रमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा खटिने कार्यक्रम रहेको छ ।

