टोपबहादुर शाही – जमिनसँग जोडिएका अछामका युवा राजनीतिकर्मी

कृष्ण बहादुर बुढा, अछाम,

कोहलपुर, बैशाख १४,

अछामको राजनीतिमा लामो समयसम्म पछाडि पारिएको तल्लो भैँसले क्षेत्रबाट उदाएका टोपबहादुर शाही आज सम्पूर्ण अछाम जिल्लामा चर्चित युवा राजनीतिकर्मीका रूपमा परिचित छन् ।  जमानामा स्कुले उमेरमा अछाम अखिल हाकेका टोपबहादुर लामो समय देखि एमालेको पदाधिकारीको आकांक्षी छन । टोपबहादुर लामो समयदेखि नेकपा एमालेको प्रमुख नेतृत्वमा उक्लने अथक प्रयासमा छन्। साविक हिच्मा गाविसको एक राजनीतिक परिवारमा जन्मिएका शाही आफ्नो मिहिनेत, संघर्षशीलता र अदम्य साहसकै कारण माथि उठेका उदाहरणीय पात्र हुन्। एमाले विभाजनपछि बनेको समाजवादी पार्टीको गढ मानिएको ढकारी गाउँपालिकामा पनि टोपबहादुर शाहीको अपार मिहिनेतले एमालेलाई जोगाउन सफल भएका छन्।

वास्तवमा, उनको योगदान शब्दमा मात्र व्यक्त गर्न कठिन छ। जब ढकारीमा एमालेका जब्बर नेताहरू समाजवादी रोज्दै थिए, कलिला टोपबहादुरले एक्लै एमालेको झन्डा उठाइ प्रतिस्पर्धामा उभ्याए। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमाले तेस्रो हुने अनुमान गरिएको थियो, तर टोपबहादुरको कुशल नेतृत्वले पार्टीलाई निक्कै थोरै मतले मात्र पराजित हुन पुग्यो जुन आफैंमा ठूलो उपलब्धि हो। टोपबहादुर शाही लोकप्रिय अछामी राजा विनोदी शाहीका सन्तान हुन्। उनी गणतन्त्रप्रति गहिरो आस्था राख्छन् र विनोदी शाही जस्तै सबैलाई समेटेर अघि बढ्ने अद्भुत क्षमता उनमा छ। समन्वय, संयोजन र संगठन निर्माणमा उनको दक्षता प्रशंसनीय छ। आवश्यक पर्दा, विनोदी शाही जसरी अछामका बैरीहरू विरुद्ध एकतावद्ध भएर लड्थे, ठिक त्यसैगरी टोपबहादुर पनि एमालेका चुनौतीहरू सामना गर्न अग्रपंक्तिमा देखिन्छन्।

त्यसैले, ढकारी गाउँपालिकामा एमालेको इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै सफल बनेका टोपबहादुर शाहीजस्ता ऊर्जावान युवा अब अछाम जिल्ला स्तरको एमाले नेतृत्वमा समावेश हुनु जरुरी छ। जमिनसँग जोडिएका टोपबहादुर शाही जस्ता संघर्षशील र दूरदर्शी नेताहरूले नेतृत्वमा पुग्ने अवसर पाएपछि एमाले मात्रै होइन पूरा अछाम लाई उज्यालो बनाउन सक्छन । एमाले अछामले राजनीतिरुपमा पछाडि पारिएको तल्लो भैसले क्षेत्र अनि युवा लाई निराश पार्ने छैन टोपबहादुर लाई पदाधिकारीमा स्थान दिएर सबैको चित्त बुझाउने अपेक्षा छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !