बाँके ३ मा प्रतिनिधि सभा निर्वाचन–२०८२लाई लक्षित गर्दै प्रचार अभियान तीव्र

कोहलपुर, माघ १४,

बाँके क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ।

यसैक्रममा बाँके क्षेत्र नम्बर ३ का लागि राजकुमार बि.क.को संयोजकत्वमा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ। उक्त समितिले आगामी निर्वाचनसम्म घरदैलो अभियान, जनसम्पर्क तथा संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने पार्टीले जनाएको छ। राजकुमार बी.क.को नेतृत्वमा गठित ५५१ सदस्यीय प्रचारप्रसार समितिसँगै उम्मेदवारलाई विजयी गराउने उद्देश्यले आईटी तथा प्रचारप्रसार संयोजक सुशील लामिछानेको संयोजकत्वमा ५१ सदस्यीय विशेष कमिटी पनि गठन गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टीका अनुसार बाँके क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जी.एम.लाई निर्वाचित गराउने मुख्य लक्ष्यका साथ यी समिति निर्माण गरिएका हुन्।
पार्टीले बाँके क्षेत्र नंं.१ बाट नरेन्द्र पाण्डे ‘जेम्स’, क्षेत्र नं.२ बाट दिपेन्द्र बिष्ट र क्षेत्र नं.३ बाट दीपक जी.एम.लाई विजयी गराउने गरी संयुक्त रूपमा चुनावी अभियान अघि बढाएको जनाएको छ।

यसैगरी बाँके जिल्लाबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मञ्जु कोईराला, जामिया खातुन र काली मिया कस्मिरालाई निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता, जनवर्गीय संगठन तथा आम नागरिकलाई एकताबद्ध हुन क्षेत्र नं।३ का चुनावी कमान्डर राजकुमार बि.क.ले अपिल गरेका छन् । संयोजक बि.क.का अनुसार बाँके–३ का उम्मेदवार दीपक जी.एम. स्वच्छ छवि भएका, इमान्दार, कर्मठ तथा स्थानीय जनभावना बुझेका युवा उम्मेदवार भएकाले अहिलेको उपयुक्त विकल्प बनेका छन्।

पार्टीले आगामी दिनमा घरदैलो, जनसभा तथा डिजिटल माध्यममार्फत प्रचारप्रसारलाई अझ प्रभावकारी र तीव्र बनाउँदै लैजाने जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !