नाँचीदेउ माया डिजेमा गीतको म्युजिक भिडियो सार्वजनिक

कोहलपुर, चैत्र २१,

नाँचीदेउ माया डिजेमा गीतको म्युजिक भिडियो औपचारिक रूपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

मनोरञ्जनको उद्देश्यले निर्माण गरिएको यो गीतलाई निर्माण टिमले आफ्नो पहिलो प्रयासका रूपमा प्रस्तुत गर्दै दर्शक तथा स्रोतासमक्ष माया र साथको अपेक्षा गरेको छ। भक्त बिसी र पूर्णिमा लामाको सुमधुर स्वरमा सजिएको उक्त गीतमा पदमराज बिश्वकर्माको शब्द तथा बिबि अनुरागीको संगीत रहेको छ। गीतमा आधुनिक डिजे शैली र युवा पुस्तालाई लक्षित प्रस्तुति समेटिएको छ।

म्युजिक भिडियोको निर्देशन सिर्जना रावत र पृथ्वी बिकले संयुक्त रूपमा गरेका छन्। भिडियोमा कृष्ण खत्री, पृथ्वी बिक, सिर्जना रावत र धिरज खड्का मोडलका रूपमा देखिएका छन्, जसले गीतको भावलाई जीवन्त बनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै निर्देशकद्वयले यो परियोजना आफ्नो लागि नयाँ अनुभव भएको बताउँदै भने,–’पहिलो प्रयास हो, हामीले दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले काम गरेका छौं। आगामी दिनमा अझ राम्रो सामग्री ल्याउने प्रेरणा यही कामबाट प्राप्त हुनेछ भन्ने विश्वास छ।’

उक्त म्युजिक भिडियो ‘भाईब्स नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जहाँ दर्शकले सजिलै हेर्न सक्नेछन् । निर्माण टिमले सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूसँग गीतलाई माया र समर्थन गरिदिन आग्रह गरेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !