गेरुवा गाउँपालिकाको जेड्सी अडिट सम्पन्न

कोहलपुर, असार १९,

गेरुवा बर्दिया । गेरुवा गाउँपालिका बर्दियाको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरण (जेड्सी) परिक्षण सम्पन्न भएको छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष तथा जेड्सी मुलप्रवाहीकरण समिति संयोजक जमान सिंह केसीको अध्यक्षतामा असार १९ गते उक्त परिक्षण सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशसकिय अधिकृत बस बहादुर राना, लैसअसास कार्यदलका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष निर्मल चौधरी, वडा अध्यक्षहरु, शाखा प्रमुख तथा गेरुवा गाउँपालिका भित्र लैगिक समानता तथा सामाजिक समाबेशिकरणमा कार्यरत संस्थाका प्रतिनिधिहरुको सहभािगतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बास नेपालका निर्देशक (बिषय बिज्ञ) हेमराज भट्टले लैंगिक समानता, अपांगता तथा सामाजिक समाबेशिकरण परिक्षणको अवधारणा, उद्धेश्य र प्रक्रियाको बारेमा जानकारी गराएका थिए भने जेड्सी स्व मूल्यांकनको नतिजा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण पश्चात भएको खुल्ला छलफलमा जेड्सीका सवालमा गाउँपालिकाले गरेका क्रियाकलाप, स्व मूल्यांकनको नतिजा, सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर र चुनौतीका बिषयमा ब्यापक छलफल भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जमान सिंह केसीले जेड्सी परिक्षणको सुचकले मागेको अधिकांस क्रियाकलापहरु पालिकाले गरिरहेको भएपनि दस्ताबेजीकरणमा थप सुधार गर्नेपर्ने महसुसिकरण भएको बताए । उनले पालिकाको मूल्यांकनमा सहयोग पुग्नेगरी दस्ताबेजीकरणमा ध्यान दिन सबै शाखाहरुलाई अनुरोध गरेका थिए । लैसअसास परिक्षणको मूल्यांकनले पालिकाको आगामी नीति र योजनामा सहयोग पुग्ने बताउदै उनले न्यून अंक प्राप्त भएका सुचक, उपसुचक र प्रश्नावलीलाई ध्यानमा राखि आगामी दिनमा थप प्रभवकारी रुपमा कार्य गर्ने प्रतिबद्धता गरे ।

बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत गेरुवा गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख महिला विकास निरिक्षक रमा पुन मगरले गरेका थिए भने कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष जमान सिंह केसीले गरेका थिए । कार्यक्रममा ४० बढीको सहभागिता रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !