कोहलपुरको होटल म्याक्समा प्रहरीको छापा, ४२ जना पक्राउ

कोहलपुर, असोज ६,

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा जिल्ला प्रहरी कार्यालय बाँकेले छापा मारेको छ ।

प्रहरीका अनुसार विषेश सूचनाका आधारमा गरिएको छापाका क्रममा करिब ४२ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा करिब ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूमाथि अनलाइन बेट गेममार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र उनीहरू कुन प्रकृतिको गतिविधिमा संलग्न थिए भन्ने विषय अनुसन्धानपछि थप खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले होटल म्याक्सलाईसमेत सिल गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । जिल्ल प्रहरी कार्यालय बाँकेका ईन्सपेक्टर रमेश विष्टको नेतृत्वमा रहेको टोलीले होटेलमा छापा मार्दा उनीहरुले प्रयोग गर्ने ल्याप्टप लगायतका सामाग्रीहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतित सिंह राठोरले विषेश सूचनाका आधारमा होटलमा छापा मारिएको र करिब ४२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । प्रहरीले घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !