बाँकेका दुई युट्युबरबीचको ‘करोडौंको चलखेल’ सम्बन्धी अडियो सार्वजनिक

कोहलपुर, असोज ८,

बाँकेका दुई युट्युबरबीच भएको भनिएको कुराकानीको अडियो सार्वजनिक भएको छ ।

राप्तीसोनारीका हेमन्त चौधरी र कोहलपुरका आशिष मल्लबीचको अडियोमा करोडौं रुपैयाँको चलखेल, राजनीतिक पहुँच तथा कर्मचारी सरुवासम्बन्धी विभिन्न विषयमा कुराकानी भएको छ ।

सार्वजनिक भएको अडियोमा हेमन्त चौधरीले आफू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद ठाकुर सिंह थारूसँग निकट रहेको तथा वर्तमान सरकारसँग समेत आफ्नो पहुँच रहेको दाबी गरेको सुनिन्छ । उनले आफूले चाहे कर्मचारी तथा हाकिमलगायतलाई जुनसुकै जिल्लामा सरुवा गर्न सक्ने आशय व्यक्त गरेकोसमेत अडियोमा सुनिएको छ । अडियोमा खुट्टा ढोग्ने भाइ हो त्यो मेरो, चौकीदार सरुवा गर्दा २५/२५ खाए, पहिलोको सरकार भन्दा यस्ता गतिविधि गर्न कति सजिलो सजिलो जे पनि गर्न सकिदो रहेछ, वार्डेनले २५ लाख मेरो झोलामा हालेको जस्ता आर्थिक लेनदेनका बारेमा कुरा भएको प्रष्ट सुनिएको छ ।

यद्यपि, सार्वजनिक भएको अडियो वास्तविक हो वा सम्पादित र भ्रामक हो भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । अडियोमा व्यक्त गरिएका दाबी तथा करोडौं रुपैयाँको चलखेलसम्बन्धी विषयसमेत अनुसन्धानबाट मात्रै पुष्टि हुन सक्ने भएकाले यसलाई अहिले नै तथ्यका रूपमा निष्कर्ष निकाल्न नमिल्ने देखिन्छ ।

अडियोमा उठाइएका आर्थिक लेनदेन, कर्मचारी सरुवा तथा राजनीतिक पहुँचसम्बन्धी दाबी गम्भीर प्रकृतिका भएकाले सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ । विशेषगरी अडियोको मौलिकता, आवाजको सत्यता तथा त्यसमा उल्लेख गरिएका आर्थिक र प्रशासनिक गतिविधिबारे अनुसन्धान आवश्यक देखिन्छ ।

यदि अडियोमा गरिएका दाबी अनुसन्धानबाट पुष्टि भएमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने देखिन्छ । तर अडियो मात्रका आधारमा कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्न नमिल्ने भएकाले सत्यतथ्य अनुसन्धानबाटै सार्वजनिक हुनु आवश्यक छ ।

https://www.facebook.com/share/v/19oJ3JSrYF/

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !