प्रकृति प्रेमी
कोहलपुर, असोज २२,
लेखक, पत्रकार तथा उपन्यासकार स्मारिकाको उपन्यास ‘ब्लुम’ माथि चितवनमा चर्चा गरिएको छ ।
मंगलबार साँझ नारायणगढस्थित सम्पूर्ण किताबमा आयोजित कार्यक्रममा उपन्यासकार स्मारिका तथा प्रकाशन गृहका सूर्य बिसीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्राध्यापक तथा समालोचक उदय अधिकारीले ‘ब्लुम’सँग सम्बन्धित विविध प्रश्न राखेका थिए । प्रश्नको जवाफ उपन्यासकार स्मारिका र प्रकाशक सूर्य बिसीले दिएका थिए ।
कार्यक्रममा उपन्यासकार स्मारिकाले ‘ब्लुम’ त्रिकोणात्मक प्रेमकथामा आधारित उपन्यास रहेको बताउँदै पाठकले उपन्यास पढ्दा आफ्नै कथा पढिरहेको अनुभूति गर्न सक्ने बताइन् । गजल मञ्च चितवनका पूर्वअध्यक्ष लेखराम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा रमेश प्रभात, मनोज थारु, सीताराम कोइराला, बालकृष्ण थपलिया, विनोदबाबु रिजाल, प्रविन सन्नाटा, ऋषा सापकोटालगायतको उपस्थिति रहेको थियो ।
बियन पुस्तक संसारले प्रकाशन गरेको ‘ब्लुम’ उपन्यास गत शनिबार, असोज १७ गते दाङमा विमोचन गरिएको थियो ।
