फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ ।

कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ ।

फिल्ममा समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसी,बिश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

कोहलपुरमा रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै, खेलकुद र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको दावी

कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न – नगर प्रमुख आचार्यले दिए नागरिकका सवालको स्पष्ट जवाफ

श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय र राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको ८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

प्रेस चौतारी नेपाल, कोहलपुरको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

कोहलपुरमा नयाँ आकर्षणः जनभावना क्याफे एण्ड रेस्टुरेन्ट–सस्तो, सुलभ र स्वादिलो भोजनको गन्तव्य

नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन