राजविराज । कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ ।
विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।
बसमा सवार यात्रु र चालक तथा सहचालक गरी १६ जनाको स्थानीय बासिन्दाहरु र सुरक्षाकर्मीले उद्दार गरेका थिए ।
बस कोसीमा खस्दाका बेला व्यारेज को ३५ र ३६ नम्बर ढोका बन्द रहेको र सो ढोकाको तलको अवस्थामा पानीको बहाव नभई बालुवा थुप्रिएका कारण बसका यात्रु सकुशल निकाल्न सकिएको थियो ।