कोशी ब्यारेजका सबै ढोका खोलिएपछि विहारका ८ जिल्लामा उच्च सर्तकता

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको छ । बिहार सरकारको जलसंसाधन विभागले कोसीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो ।

विभागले शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताएको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको विभागले जानकारी दिएको छ।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ। बिहान ८ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !