सप्तकोशीको पश्चिमी तटबन्धतर्फ कटान सुरु

राजविराज । सप्तकोशी नदीको पश्चिमी तटबन्धमा कटान सुरु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरभन्दा करिब एक किलोमिटर उत्तर तटबन्धमा सिपेज भएर कटान सुरु भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सिपेज भएर कटान हुन थालेपछि उक्त क्षेत्र मर्मतका लागि भारतीय कोसी योजनालाई जानकारी गराएको बताए । उक्त क्षेत्रको मर्मतको कार्य भारतीय कोसी योजनाको जिम्मेवारीभित्र पर्छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !