राजविराज ।सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार केहीबेरअघिबाट नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पार भएको हो।
केहीअघिबाटै कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको छ।