आवातजावतका लागि खुल्यो कोशी पुल

२५ घण्टापछि कोशी पुलबाट आवतजावत खुला भएको छ। पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो।

शनिबार ४ बजेदेखि  पैदल यात्रुसहित सबारीसाधनलाई रोक लगाएकोमा आइतबार दिउँसो साढे ५ बजेबाट आवतजावत खुला गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए।

खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिलो समय पानीको बहाव ह्वात्तै घटेको छ। आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा साढे २ बजेको समयमा ३ लाख ९८ हजार ३७० क्युसेक मापन भएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !