भट्टराईको नेतृत्वमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहको उमेद्वारी घोषणा

कोहलपुर, असोज १५,

आगामी कार्तिकमा हुन लागेको उद्योग वाणिज्य संघको निर्वाचनका लागि कोहलपुरमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहले उमेद्वारीको घोषणा गरेको छ ।

लोकतान्त्रिक समावेशी व्यवसायी सहमुहले प्रदिप भट्टराईको नेतृत्वमा उमेद्वारीको घोषणा गरेको हो । घोषणा सभाले चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कंडेल कोषाध्यक्ष उपमहासचिव राजन कुमार पौडेल, देविलाल सुनार सह कोषाअध्यक्ष रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा, अमृत पौडेल नोखराज रावत, श्रीधर धिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी किरण विक, गौरव श्रेष्ठ, गिरीधारी शर्मा रहेका छन भने महिला सदस्यमा शितल योगी अधिकारी रहेकी छन् । उम्मेदवारी सभालाई सम्बोधन गर्दै प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण किसोर विमिरी लोकतान्त्रिक समावेशी व्यवसायी समुहलाई विजयी गराउन अपिल गरे । व्यवसायीहरुको समस्याहरुको उचित समाधान गर्न सक्ने उम्मेदवारहरुलाई विजयी गराउन सबैले सहयोग गर्न समेत उनले भनेका थिए ।

नेपाली काग्रेस कोहलपुर नगर सभापति विरेन्द्र शाहको अध्यक्षतामा उक्त उम्मेदवारी घोषणा गरिएको थियो । कार्यक्रममा एकिकृत समाजवादी नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । यसअघि प्रगतिशिल व्यवसायी समुहले अध्यक्ष पदमा अञ्जना धितालको नेतृत्वमा उमेद्वारी घोषणा गरिसकेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !