कोहलपुर, असोज १८,
बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर २ हरियालीचोक नजिकै सोही ठाउँका ४८ वर्षिय राज चौधरीको ढिस्कोले पुरिएर ज्यान गएको हो । माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको खबर हुनसाथ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रविन्द्र अधिकारीको कमाण्ड ५ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवस्ताको टोली उद्दारका लागि उक्त स्थानमा पुगेको थियो ।
चौधरीलाई मृत अवस्थामा बाहिर निकालिएको तथा घटनास्थल लास जाँच प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।