‘व्यापारीहरुको हकहितका लागि काम गर्नेछौं’–प्रदिप भट्टराई

कोहलपुर, असोज १८,

कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् ।

उनीहरुले कोहलपुर क्षेत्रका बजारहरुमा आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारलाई तिव्र बनाएका हुन् । उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न व्यस्त छन् । सोही क्रममा व्यापारीहरु अब आउने नेतृत्वसंग अपेक्षा समेत राखि रहेका छन् । अध्यक्ष पदका उमेद्वारसहित सम्पूर्ण पदका उमेद्वारहरु पनि प्रचार प्रसारमा व्यस्त भएका छन् ।

उद्योग वाणिज्य संघको निर्वाचन आउँदो कार्तिक ३ गते हुने हुँदा उमेद्वारहरुले प्रचार–प्रसार तीव्र पारेका हुन् । नेकपा एमाले र नेपाल कांग्रेस निकटका व्यापारीहरूले प्रगतिशील समुह र लोकतान्त्रिक समुह प्रचार–प्रसार गरिरहेका छन् । लोकतान्त्रिक समावेशी व्यवसायी सहमुका अध्यक्ष पदका उमेद्वार प्रदिप भट्टराई यति बेला प्रचार प्रसारका लागि होमिएका छन् । आफ्नो सम्पूर्ण उमेद्वारहरुका तथा आफ्ना निकटका सहयोगीहरुको साथमा चुनावी प्रसारमा होमिएका हुन् ।

लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्ष पदका लागि मैदानमा उत्रिएका भट्टराईले चुनावलाई लक्षित प्रचारका साथै व्यवसायीहरूसँग भेटघाट तीव्र पारेको बताए । उनले उमेद्वार भट्राईले व्यापारीको हकअधिकार र निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउने उद्देश्य राख्दै आफुले कार्ययोजना तयार पारेको बताए । प्रचार प्रसारका क्रममा व्यापारीहरुका दैलोमा पुगेका भट्टराईले व्यापारीका समस्याहरु सुन्दै आफू विजयी भएमा समाधान गर्ने बताउँदै आएका छन् । भट्टराईसँग व्यापारीहरुले आफ्नो अपेक्षा व्यक्त गरेका गरिरहेका छन् ।

व्यापारीहरुले आफ्नो अपेक्षा पूरा गर्ने तथा समस्या समाधान गर्ने उम्मेदवारलाई जिताउन आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । भट्टराईले आफू विजयी भएमा व्यापारीहरुको पीडामा मलहम लगाउने खालका योजनाहरु ब्नाउदै काम गर्ने बताए । उनले भने,–‘व्यापारीहरुको हकहितका लागि काम गर्नेछौं’ । चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कंडेल कोषाध्यक्ष उपमहासचिव राजन कुमार पौडेल, देविलाल सुनार सह कोषाअध्यक्ष सदस्यहरुमा, अमृत पौडेल नोखराज रावत, श्रीधर धिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी किरण विक, गौरव श्रेष्ठ, गिरीधारी शर्मा रहेका छन भने महिला सदस्यमा शितल योगी अधिकारी पनि प्रचार प्रसारमा व्यस्त छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !