कोहलपुर, असोज १८,
प्रगतिशिल व्यवसायीक समुहल तर्फका उमेद्वार अञ्जना धिताल चुनावी प्रचारमा व्यस्त छिन् ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनका लागि प्रचारमा होमिएकी हुन् । धितालसँगै अन्य उमेद्वार तथा उनका समर्थकहरुले प्रचार प्रसारलाई तिव्र बनाएका छन् । ‘अरुलाई हेर्यौ पटक पटक, महिला नेतृत्वलाई हेरौ यो पटक’ भन्न्े नाराका साथमा धितालको पक्षमा प्रचार प्रसार भैरहेको छ ।
उनी समर्थक समुहले कोहलपुर नगरबासी उद्योगी, व्यवसायी, व्यापारी, वुद्धिजिवी एवं पत्रकारका लगायत सम्पूर्णलाई धितालसहितको प्यानललाई जिताउन आग्रह गरेको छ ।
कोहलपुर उद्योग वाणिज्य संघको यहि कार्तिक ३ गते हुन गईरहेको निर्वाचनमा अन्जना धितालको प्यानललाई अत्यधिक मतका साथ विजय गराउनु आग्रह गर्दै उनीहरु व्यापारिहरु सामु पुगिरहेका छन् ।