लोकतान्त्रिक समूहद्धारा नवदुर्गा पुजा कार्यक्रमलाई आर्थिक सहयोग

कोहलपुर, असोज १९,

लोकतान्त्रिक समावेशी व्यवसायी समूहले कोहलपुर नगरपालिका न्यूरोड खुल्ला मञ्चमा सञ्चालनमा रहेको नवदुर्गा पुजा कार्यक्रम–२०८१ लाई आर्थिक सहयोग गरेको छ ।

लोकतान्त्रिक समूहबाट संघको अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराई नेतृत्वको टिमले पुजा व्यवस्थापन गर्न एकमुष्ट नगद ५५ हजार रुपैया आर्थिक गरेको हो । संस्कृतिक संरक्षण एवम् प्रवद्र्धन गर्न लोकतान्त्रिक व्यवसयीक समूहले गरेको आर्थिक सहयोगले थप मद्धत पुगेको समितिका संयोजक देवेन्द्र पौडेले बताएका छन् । उनका अनुसार लोकतान्त्रिक समूहले नवदुर्गा पुजालाई भव्य एवम् सभ्य र सफल गराउन सहयोग गरेको भन्दै समूहलाई विजयीको शुभकामना दिनुका साथै धन्यवाद व्यक्त गरे ।

घरदैलो र प्रचार प्रसारमा तीब्रता अहिले कोहलपुर उद्योग वाणिज्य संघकोे निर्वाचनको मिति नजिकए सँगै लोकतान्त्रिक समावेशी व्यवसायी समूहले प्रचारप्रासर अर्थात घरदैलो कार्यक्रमलाई पनि तीब्रता दिएको छ । संघको अध्यक्ष पदका उम्मेदवार भट्टराई नेतृत्वको टिमले निर्वाचन नजिकिए सँगै घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो । भट्टराईको नेतृत्वमा रहेको लोकतान्त्रिक समूहले अहिले विहान देखि साँझ सम्म व्यवसायीहरुको घरदैलोमा पुगेर समस्या बुझ्दै प्रचारप्रसारलाई तीब्रता दिएको छ । पछिल्लो समय आर्थिक मन्दीले निराशा छाएको व्यवसायीहरुमा अहिले युवा नेतृत्वहरुको उम्मेदवारीले उत्साह छाएको स्थानीयले बताए ।

व्यवसायीहरुका समस्या नजिक बाट नियालेको र त्यसको समाधान गर्न अध्यक्षमा उम्मेदवारी रहेको भट्टराईले बताए । आफ्नो विगत लामो समय देखिको व्यवसायीक अनुभवले संघलाई व्यवसायीमैत्री बनाउनुका संघलाई नयाँ उचाइमा पु¥याउने उनको भनाइ छ । आफ्नो नेतृत्वमा रहेको लोकतान्त्रिक व्यवसायीक समूह व्यवसायीहरुका हक हितमा काम गर्नको लागि विजयी गराउन आवश्यक रहेको बताए । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनारले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सो समूहबाट सदस्यमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, राजेन्द्रप्रसाद रिजाल, शीतल योगी अधिकारी र ममता थापाले रहेकी छन् । समूहले अहिल े व्यवसायीहरुको घरमा पुग्ने देखि सामाजिक सञ्चाल मार्फत प्रचारप्रसार गरिहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !