कोहलपुर, असोज २१,
स्थानीय तहमा संचार नीतिको आवश्यकता र लैंगिक एवं सामाजिक समावेशीकरणमैत्री संचार माध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरण मैत्री संचार नीति ( ऐन ) बनाउने बताएका छन् । नगरपालिकाले बिज्ञ टोली बनाएर नीति बनाउन पहल गर्ने कार्यक्रममा जानकारी दिएका हुन् ।
संचारिका समूह लुम्बिनीले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक नीतिगत बहस कार्यक्रम आयोजनामा बोल्दै नगर प्रमुख आचार्यले सबै स्थानीय मिडियालाई समेटदै मिडियाको हकहित लाइ मध्यनजर गर्दै लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति बनाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कोहलपुरले आफनै संचार नीति र संचार ऐन बनाएर त्यस कामको अगुवाइ गर्न कुनै समस्या नरहेको बताए ।
संचारकर्मी र संचार माध्ययमको आवश्यकता अनुसार संचार नीति बनाउन प्रतिवद्ध रहेको उनले बताए । छलफलमा सहभागी सरोकारवालाहरुले सरकारका कामलाई पारदर्शी र जवाफदेही बनाउदै समाजमा समावेशिता र सुशासन कायम गर्न संचारको महत्व धेरै भएको बताउदै समयअनुसार संचार विधि र संचारमाध्ययमलाई प्रभावकारी बनाउन स्थानीय संचार नीति आवश्यक रहेको बताए । स्थानीय स्तरमा सुचना र संचारका माध्ययमबाट ज्ञानमा आधारित समाज निर्माण गर्न र विकास एवं रुपान्तरणलाई नागरिकले बुझ्ने गरी सुचना प्रवाह गर्न स्थानीय तहले पनि आफनै संचार नीति बनाउनुपर्ने उनीहरुको सुझाब थियो ।
संचारमाध्ययममा महिला र सिमान्तकृत समूदायको सहभागिता बढाउन र लैंगिक तथा सिमान्तकृत समुदायका सामाग्रीलाई प्राथमिकतामा राख्न नीतिलाई लैंगिक तथा सामाजिक समावेशीकरणमैत्री बनाउन उनीहरुले आग्रह गरे । संचारिकाले युएसआइडी नागरिक समाज र संचार कार्यक्रम अन्तरगत लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि संचार पैरवी अन्तरगत बहस थालेको हो । बहसमा सहभागी अधिकांशले संचारमाध्ययममा महिला र सिमान्तकृत समूदायको सहभागिता र सामाग्री बढाउन स्थानीय तहले सहकार्य गर्न पनि आग्रह गरे ।
छलफलमा बोल्दै पत्रकार महासंघ नेपालका पर्व केन्द्रीय सदस्य झलक गैरेले संचारमाध्ययमको प्रवाभकारिता र संचारकर्मीको संरक्षणका लागि संचार नीति र त्यसअनुसार ऐन बन्नुपर्ने बताए । उनले संचारगृहलाई अनुदान दिदा त्यहाका संचारकर्मीले पारिश्रमिक पाए नपाएको त्यसमा लैंगिक सहभागिता भए नभएको, सिमान्तकृतका सवालले स्थान पाए नपाएकोबारे हेरिदिन पनि उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै बोल्दै प्रतिबोध एफएमका स्टेशन म्यानेजर हेमन्त बिकले संचारगृह बाचेमात्रै संचारकर्मीको पेशा बच्ने भएकाले धराशायी भएका संचारमाध्ययम लाई बचाउनेगरी संचार ऐन बनाउन आग्रह गरे । उनले व्यक्तिगत तबरबाट चलेका संचारमाध्ययम र सामुदायिक संचार माध्ययमलाई फरक दृष्टिकोणले हेर्न र त्यसकिसिमको व्यवस्था हुनेगरी ऐन बनाउन सुझाब समेत दिए । छलफलमा पत्रकार शंकरप्रसाद खनालले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक बहस सामाग्री प्रस्तुत गरेका थिए । उनले संचारमाध्ययम र संचार सामाग्रीलाई सबै लिंग, वर्ग र समूदायले अपनत्व ग्रहण गर्ने बनाउन संचार नीतिमा लैंगिक तथा सामाजिक समावेशीकरण आवश्यक रहेको जनाए ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले संचारमाध्ययको सबलीकरणसंगै लैंगिक र सामाजिक समावेशीकरणका लागि स्थानीय संचार ऐन बनाउन कोहलपुर नगरपालिकालाई आग्रह् गरिन् । उनले सबैका लागि संचार भनिएपनि संचारमाध्ययममा अझैपनि महिला सहभागिता र नेतृत्व कमजोर रहेको बताइन् । संचारमाध्ययममा महिला, सिमान्तकृत समूदाय र सामाजिक न्यायका संचार सामाग्री पनि असाध्यै कम आउने गरेको उनले सुनाइन् । संचारमाध्ययमलाई अब लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउने गरी संचार नीति बनाउन आवश्यक छ । कार्यक्रममा संचारिका समुह नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, उषाकिरण पन्त, कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरी बि.के.
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, दैनिक नेपालगंजका संचालन झलक गैरे, लगातयले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि, साथ सहयोग नगरपालिकाले दिनुपर्ने सुझाव दिएका थिए । कोहलपुर नगरपालिकाको संचार नीति निर्माण गर्दै आगामी दिनमा पत्रकार महिलाहरुलाई विषेश प्राथमिकताका साथ नगरपालिकाले लेखन वृत्ति लगायतका विभिन्न खाल सहयोग गर्न सुझाव दिएका छन् । कार्यक्रममा बाँके क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको थियो ।