चाडपर्वलाई लक्षित गर्दै कोहलपुर प्रहरीले ल्यायो ‘विशेष सुरक्षा’ योजना

कोहलपुर, असोज २२,

ईलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनमा कडाई गरेको छ ।

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर कोहलपुर प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको गरेको हो । चाड पर्वमा सबैले रमाइलो र सुरक्षित तवरले मनाउनका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताएका छन् । चाड पर्वमा हुन सक्ने विभिन्न किसिमका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ‘विशेष सुरक्षा’ योजना लागू गरिएको डिएसपी भण्डारीले बताएका छन् ।

भण्डारीले अन्य समयमा भन्दा चाड पर्वको समयमा अपराधिक घटना बढी हुन सक्ने भएकोले आम नागरिक आफू सचेत हुँदै पर्व मनाउन आग्रह गरे । उनले कहीँ कतै कुनै शंकास्पद गतिविधि वा व्यक्ति देखिए प्रहरीलाई तत्कालै खबर गर्न आग्रह गर्दै, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, सुरक्षित यात्रा, चाड पर्वको समयमा मादक पदार्थ सेवन गरी हुन सक्ने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गमा हुन सक्ने अवाञ्छित कार्यलगायत विभिन्न अपराधिक गतिविधिहरु नियन्त्रण गर्न सुरक्षार्की २४ सै घण्टा खटिएको बताए ।

हिन्दुहरुको महान चाडपर्व दशैं, तिहार तथा छठ मनाउन देश विदेशबाट हजारौंको संख्यामा मानिसहरु गाउँघरमा आउने गर्दछन् । ठुलो संख्यामा भित्रिएका मनिसहरुले भडकिलो तरिकाले चाडपर्व मान्ने अवस्थामा चोरी, लुटपाट, नै–झगडा, डकैती, यौनजन्य अपराध लगायतका विभिन्न किसिमका अपराधिक घटनाहरु तथा उच्छृंखल गतिविधिहरु भई शान्ति सुरक्षा व्यवस्थापनमा आईपर्न सक्ने खतरा तथा चुनौतिहरु समेतलाई मध्यनगर गरी दशैं तिहार तथा छडपर्वको समयमा कुनै पति अपराधिक, अवाञ्छित तथा अप्रिय घटनासक हुन, गर्न नदिई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाई आमनागरिकलाई भय रहित वातावरणमा सुरक्षित साथ चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न यो सुरक्षा योजना तयार गरिएको डिएसपी भण्डारीले बताए ।

योजनाको उद्देश्य :
चाडपर्वको समयमा हुन सक्ने हो–हल्ला चोरी, लुटपाट, झै–झगडा, डकैती र यौनजन्य अपराध लगायतका विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुन गर्न नदिन ।

दशैं, तिहार तथा छडपर्वको अवसरमा हुन सक्ने कालोबजारी निरुत्साहित गर्न ।

दुर्गा मुर्ति स्थापना देखि विर्सजन सम्म कुनै किसिमको अपराधिक गतिविधिहरु हुन गर्न नदिन। साम्प्रदायिक तथा धार्मिक दंगा हुन नदिई धार्मिक सहिष्णुता कायम गर्न ।

चाईवाडको समयमा हुन सक्ने चोरी, लुटपाट तथा राजमार्गमा हुन सक्ने डकैति नियन्त्रण गर्न ।

देउँसी, भैलो खेल्नेहरु बिच एक आपसमा झै–झगडा हुन नदिन ।

पटाका आतिशबाजी लगायतका विष्पोटक पदार्थको ओसारपसार हुन नदिन ।

विभिन्न युवा समुह विच हुन सक्ने ई–झगडा गर्न नदिन ।

सवारी साधन, यात्रुहरुको चाप सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्दा सवारी दुर्घटना हुने हुँदा चेकजाँच गरी त्यस्ता प्रकारका क्रियाकलापहर भए गरेमा नियन्त्रण गर्न ।

जुवा तास खेल्ने स्थानको बारेमा सुचना संकलन गरी भए गरेमा नियन्त्रण गर्ने ।

मादक पदार्थ सेवन गरी हो–हल्ला हुलहुज्जत गर्ने र तिव्र गतिमा सवारी साधन चलाई सवारी दुर्घटनाका घटना घट्ने हुदा सवारी दुर्घटन लाई नियन्त्रण गर्न ।

आम नागरिकलाई शान्त र सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण सुनुश्चित गर्न ।

बैंक वित्तिय संस्था तथा सुनचाँदी पसल लगायत अधिक आर्थीक कारोवार हुने स्थानमा चोरी सकैति लगायतका घट्ना हुन गर्न नदिन् ।

चुनौतीहरु :

धार्मिक तथा साम्प्रदायीक दंगा हुन् सक्ने ।

दशैं, तिहार र छडपर्वको अवसरमा गुन्डागर्दि चोरी तथा लुटपाटका घटना बढ्न सक्ने ।

हातहतियार ओसारपसार तथा बेचविखन लागुऔषध ओसारपसार बेचबिखन समेतका घटना हुन सक्ने ।

सवारी मार्गमा अवरोध तथा सवारीधा ढुंगामुडा तोडफोड, आगजनि र अन्य अपराधिक क्रियाकलापका घटनाहरु हुन सक्ने ।

ट्राफिक व्यवस्थापनमा कठिनाई पर्न सफने। महत्वपूर्ण प्रतिष्शान, मठ मन्दिरमा तोडफोड तथा आगजानी हुन सक्ने ।

सामुहिक झडपका पटना लगायत सर्वसाधारणको जिउ ज्यान तथा धन सम्पतिमा क्षेति समेत पुग्न सक्ने अवेध चोरी निकाशी तथा पैठारीका पट्ना पढ्न सक्ने ।

पटका तथा आतिशवादीको कारण आगलागी लगायतका घटना हुन सक्ने ।

सुरक्षा रणनीति :

निरन्तर खबर संकलन तथा खतराको मुल्यांकनको आधारमा सुरक्षा योजना परिमार्जन गर्न सकिने ।

तालुक कार्यालय तथा अन्य सुरक्षा निकायहरूसंग समन्वय गरी ड्युटी परिचालन ।

आयोजक सहयोगी संघ संस्थाहरु संगको सकारात्मक समन्वय ।

जिम्मेवारी इलाका तोकि निरन्तर मोबाईल डिउटी, ओआरटी डियुटी र पैदल गस्ति ।

अपराधिक घटना सम्बन्धमा सचेतना मुलक प्रचार प्रसार (माईकिङ) गर्ने ।

पक्राउ परेको मानिस, घाईतेहरुलाइ लैजाने टोली, स्थान, सवारी साधनको व्यवस्थापन गर्ने ।

प्रहरी ईकाईहरु बिच समन्वयात्मक भुमिका र सामुहिक कार्य गर्ने तथा सादा पोशाकमा खबर संकलन ।

बसपार्क लगायत अत्याधिक जमघट हुने स्थान तथा अधिक आर्थिक कारोवार हुने स्थानमा डक स्न्यापिङ गर्ने ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई