कामीको हत्या गर्ने रोल्पाका अनिल परियार भएको हुन सक्ने कोहलपुर प्रहरीको आशंका

कोहलपुर, असोज २७,

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले चन्द्र बहादुर कामिको टाउको काटने व्यक्तिको पहिचान भएको हुन सक्ने बताएका छन् ।

डिएसपी भण्डारीले रोल्पा घर भई निजको घरमा आएको पाहुना अन्दाजी ३० बर्षिय अनिल परियार भएको हुन सक्ने आशंका गरेका हुन् । गत राति करिव १२ वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरिमा टाउको नभएको शव फेला परेपछि अनुसन्धानलाई तिव्रता दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटनामा परियार संलग्न रहेको आशंका गरिएको हो ।

परियार, कामिको घरमा आई शिमला जाने सरसल्लाह गरि जाने तयारीवारे कुराकानि गरेको र वारदातको समय अघि दुई जनासँगै रहेको तर चन्द्र वहादुर उक्त वारदातमा परेदेखि परियार फरार रहेकाले घटनामा उनको संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले निजको हुलियासहित फेला परेमा नजिकको प्रहरीलाई खवर गर्न आग्रह गरेको छ । गहुँ गोरो वर्ण भएको, दारी पालेको जिल्ला रोल्पा कोर्चाबाङको लाप्चाङ घरभएको बर्ष अन्दाजी ३० को, सेतो सट, कालो पाईन्ट, आर्मी कलरको सादा झोला बोकेको हुलिया भएको अनिल परियार फरार रहेको बताउँदै फेला परेमा जानकारी गराउँन आग्रह गरेको हो ।

सामान्य ज्याला मजदुरी गरेर खाने चन्द्र वंहादुर कामिलाई अमानविय तरिकाले टाउको नै छिनालेर टाउको नै गाएव अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले शव फेला पारेपछि अस्थाई प्रहरी चौकी हवलदारपुरमा मानिस मृत अवस्थामा फेला परेको जानकारी गराएका थिए । घटना सम्बन्धि जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । टाउको नभएको, कम्मर मुनी खैरो कलरको हाप जांगे लगाएको, कम्मर माथी कपडा नभएको, दुबै खुट्टा खाली भएको घोप्टो परेको अवस्थामा पुरुष ब्यक्तिको लास फेला पारेपछि
अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका ८ नहरटोल बस्ने बिर बहादुर कामीका छोरा रहेको पत्ता लागेको थियो । कुनै व्यक्तिगत लेनदेन वा अन्य रिसिईविबारे अनुसन्धान गरिरहेको प्रहरीले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलि परिचालन गरि परियारको खोजिकार्यलाई तिव्रता दिएको छ । परियार पक्राउ परेपछि मात्र घटनावारे विस्तृत विवरण संकलन हुने भन्दै उनलाई पक्रन सहयोग गर्न कोहलपुर प्रहरीले अपिल समेत गरेको छ ।

दशैं टिकाको दिन शनिबार राती उनको हत्या भएको थियो । प्रहरीका अनुसार मृतकका बुवाले चन्द्रबहादुरको शव पहिचान गरेका हुन । मृतकको टाउको फेला परेको छैन । प्रहरीले नजिकै रहेको सिसि क्यामेरामा एक युवकले आवत–जावत गरेको र उनले शंकास्पद बस्तु बोकेको पत्ता लगाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई