कोहलपुर, असोज २९,
दशैको दिन घाँटी रेटेर हत्या गरिएका चन्द्र बहादुर कामिका हत्याको आरोपी अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई ईलाका प्रहरी कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्टको कमान्डमा गएको टोलिले मंगलबबार बाँकेको कुसुमबाट पक्राउ गरेको हो । परियारको खोज तलास गर्दै जाँदा बाँके राप्तिसोनारी गा.पा. १ तिन घारी टोल स्थितभौवा नाका जाने बाटोको दाँया तर्फ रहेको
तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट यस ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको टोली पक्राउ गरेको कोहलपुर प्रहरीले जनाएको छ ।
परियारको खोज तलास तथा पक्राउका लागि प्रहरी निरीक्षक भट्टको कमाण्डमा खटिईएको टोलि र ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमाण्डमा खटिईएको टोलीले परियारलाई पक्राउ गरी अनुसन्धानको लागी थुनामा राखिएको छ ।