ईकाला प्रहरी कार्यालय कोहलपुर र डिएसपी भण्डारी नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादनमा सर्वोत्कृष्ट

कोहलपुर, असोज ३०,

ईकाला प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरेको हो । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्दै ईलाका प्रहरी कार्यालयहरु मध्येबाट इलाका प्रहरी कार्यालय कोहलपुर तथा डिएसपी भण्डारीलाई पुरस्कत गरेको हो ।

डिएसपी भण्डारी जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिदै आएका छन् । उनलाई भव्य कार्यक्रमका बिच प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक (आइजिपी ) बसन्तबहादुर कुँवरले सम्मान गरेका हुन । प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्याङ्कन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !