कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु, दुई प्यानलको कडा प्रतिष्पर्धा

कोहलपुर, कार्तिक ३,

कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन भैरहेको छ ।

बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको भवनमा निर्वाचन भैरहेको छ । ४ वटा बुँथ मार्फत मतदाताहरुले मतदान गरिरहेका छन् । कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदिप भट्टराई र अञ्जना धितालको प्यानल चुनावी मैदानमा उत्रिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलसहितको टिमको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि निर्वाचन भैरहेको छ ।

अत्यन्त उत्साहजनक रुपमा मतदान जारी छ । निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता रहेको छ भने सुरक्षा व्यवस्थापनमा कडा गरिएको छ । सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टिम खटाईएको छ । लोकतान्त्रिक व्यवसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् । त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् ।

एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेद्वार रहेका छन् । व्यवसायीक समुहबाट अध्यक्ष पदमा अन्जना धिताल, वरिस्ठ उपाध्यक्ष भुपेन्द्र काफ्ले उद्योग उपाध्यक्ष अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिव दिपक अर्याल, उपमहासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा वगाले, सहकोषाध्यक्षमा टंक खनाल लगायतको चुनावी मैदानमा छन् । यस्तै सदस्यमा कृष्ण रानाभाट, भवानी कंडेल, रवि प्रसाद कर्मचार्या, मोति प्रसाद सुबेदी, अस्मिता केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिमा खड्का, अंकित सिग्देल एक बहादुर खड्का बिक्की थापा रहेका छन् । संघको निर्वाचनमा अपराह्न ४ बजेसम्म सकिने छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !