कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा १४ सय ९५ मत

कोहलपुर, कार्तिक ३,

कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको भवनमा भैरहेको निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा १४ सय ९७ जनाले मतदान गरेका छन् । १६ सय ९३ मतदाता रहेकोमा १४ सय ९७ मत खसेको छ । १ सय ९६ जना अनुपस्थित भएका छन् ।

अवको केही समयमै निर्वाचन मण्डलको बैठक पछि मत गणना सुरु गरिने छ । ४ बजे सम्म चलेको निर्वाचन सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय शान्ति सुरक्षा व्यवस्थापनमा खटेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !