कोहलपुर, कार्तिक ३,
कोहलपुर नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कोहलपुरका विभिन्न् स्थानमा सरसफाई गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ रहेको चौराहा चोक, पुरानो बसपार्क, नयाँ बसपार्क लगायतका मुख्य मुख्य चोक तथा इलाकाहरुमा सरसफाई गरिएको हो ।

बिहान ७ः३० बजे शुरु भएको उक्त सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यकारी प्रमुख मान बहादुर गिरी, इलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी सहित २५ जना प्रहरी कर्मचारीहरुको सहभागीतामा भएको रहेको थियो ।




