दिल्लीबाट काठमाण्डौ आएको जहाजमा शंकास्पद वस्तु रहेको संका, नेपाली सेना र प्रहरीले जाँच गर्दै

कोहलपुर, कार्तिक ६,

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र एउटा जहाजमा शंकास्पद वस्तु रहेको हल्ला‌ भएपछि अहिले नेपाली सेना र प्रहरीले जाँच गरिरहेको छ ।

भारतको नयाँ दिल्लीबाट विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा शंकास्पद वस्तु राखेको सूचना प्राप्त भएपछि नेपाली सेना र प्रहरीले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सूचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !