रास्वपाका सभापति लामिछानेमाथी अनुसन्धान हुँदै, अनुसन्धानका लागि सिआईबिका डिएसपी तिवारी खटिए

कोहलपुर, कार्तिक ७,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सिआईबिका डिएसपी सुन्दर तिवारीलाई खटाईएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी तिवारीलाई सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न खटाईएको हो । डिएसपी तिवारी सहित दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् । अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको हो ।

पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । लामिछानेमाथी सुर्यदर्शन सहकारीको रकम अपचलनबारे यो दोस्रो चरणको अनुसन्धान हो ।

सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु ‘जीबी’ राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप लागेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !