कोहलपुरमा वेस्र्टन हस्पिटालिटी नेपाल संचालनमा

कोहलपुर, कार्तिक, ९,

बाँकेको कोहलपुरमा वेस्र्टन हस्पिटालिटी नेपाल संचालनमा आएको छ ।

कोहलपुरको गोलपार्कमा वेस्र्टन हस्टिालिटी संचालनमा आएको हो । कोहलपुर ५ का युवा शालिकराम अधिकारीले हस्पिटालिटी संचालनमा ल्याएका हुन् । हस्पिटालिटीका संचालक अधिकारीले कोहलपुरमा संस्था खोल्न पाउदा आफु निकै खुशि भएको भन्दै आगामी दिनमा आफुले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

वेस्र्टन हस्टिालिटीले समग्र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार गर्ने अधिकारीले बताएका छन् । उनले भने,–‘कोहलपुरको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौं । यहाँको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिवद्ध छौं ।’

उनले हस्पिटालिटीमार्फत होटल सम्बन्धि तालिम प्रदान गरिने, तालिम लिएका व्यक्तिलाई जागिरको व्यवस्थापन गर्ने, वरिष्ता तालिम, प्रोडक्सन, एफएन डि सर्विस, हाउस किपिङ, फ्रण्ड अफिस आईटि डिपार्टमेन्ट, सेल्स एण्ड मार्केटिङ लगायतका विभिन्न कार्यहरु आफूहरुले गर्दै आईरहेको बताएका छन् ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर