बैजनाथमा जारी खुला फुटबलमा मेरीमाउण्टको पहिलो जित

कोहलपुर, कार्तिक ९,

बाँकेको बैजनाथ गाउँपालिका जारी फुटबल प्रतियोगीतामा मेरीमाउण्ट एकेडेमी हसनापुर विजयी भएको छ ।

आफ्नो पहिलो खेलमा रेसिङ साहरा क्लबलाई पराजित गर्दै जित दर्ता गरेको छ । मेरीमाउण्टले रेसिङ साहरालाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेरीमाउण्टले दुई गोल गरिसके पछि रेसिङ साहराका क्षितिज रानामगरले १ गोल गरेका थिए । तर जितका लागि प्रयाप्त गोल भएन । खेल अवधीभर दुवै टिम बिच कडा प्रतिष्पर्धा भएको थियो । भने निकै रोमाञ्जक भएको थियो ।

बैजनाथको लालपुर खेल मैदानमा जारी फुटबल न्यु जर्नी युवा क्लबको आयोजना तथा बैजनाथ गाउँपालिकाको संरक्षकत्वमा भैरहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !