मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामार्फत १३ जनाको उद्धार

कोहलपुर, कार्तिक १०,

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका –९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३ बाट २ जना, प्रतापपुर गाउँपालिका–२ बाट २ जना गरि १३ जना सडकआश्रित मानवहरुको उद्धार भएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताए ।

उद्धार हुनुभएका १२ जना पुरुष र १ जना महिलालाई शुक्रबार मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा सेवाकेन्द्रमा गृह प्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोली शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानीय पालिकाका सडकपेटीमा अलपत्र अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा दिनभर खटिएको हो ।

राष्ट्रिय उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएको छ । उद्धार यात्राको १२ औँ दिनसम्मको अवधिमा १२० जना सहयोगापेक्षी मानवहरुको उद्धार गरिएको छ । उद्धार गरिएका २९ महिला र ९१ जना पुरुषको सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका संस्थापक, केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !