शनिबार मेची–महाकाली उद्धार यात्राअन्तर्गत ६ जनाको उद्धार

कोहलपुर, कार्तिक १०,

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेह्रौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

शनिबार रुपन्देहीको बुटवल महानगरपालिका–६ बाट २ जना, कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बाट १ जना र बुद्धभुमी नगरपालिका–२ बाट ३ जना गरि ६ जनाको उद्धार भएको छ । उद्धार गरिएका उहाँहरु ६ जनालाई आज नै मानवसेवा आश्रम तिलोत्तमा सेवाकेन्द्रमा संरक्षणको लागि लगिएको छ ।

उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर, बुद्धभूमि क्षेत्रका विभित्र स्थानका सडकपेटी÷सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवामा खटिएको हो ।

असोज २८ गते झापाको मेचीनगरदेखि सुरु भएको यात्राको शनिबार तेह्रो दिनसम्मको अवधिमा १२६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । उद्धार हुनुभएकामा २९ महिला र ९६ पुरुषको सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।

आइतबार मेची–महाकाली उद्धार टोली दाङको भालुवाङ, लमही क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !