नेपाल मजदुर किसान पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न, राजनीति परिवर्तन हुन जरुरी छ–पार्टी सचिब सुवाल

कोहलपुर, कार्तिक ११,

नेपाल मजदुर किसान पार्टीको प्रशिक्षण कार्यक्रम शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।

नेपाल मजदुर किसान पार्टीका जिल्ला समिति अध्यक्ष बखत बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद, केन्द्रिय सचिब प्रेम सुवाल प्रमुख अथिती रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवालले राजनीति परिवर्तन हुन जरुरी रहेको बताएका छन् । सुवालले समाजवादविरूद्ध पुँजीवादी पार्टीहरूको हालिमुहाली बढेको बताए ।

उनले पुँजीवादी पार्टीहरूले आ–आफूलाई समाजवादी दाबी गरे पनि यथार्थमा ती पार्टीहरू समाजवादी नभएको बताए । समाजवादी दाबी गरेकाहरूले सरकारमा गएर विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमै रोजगारी, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, नेपालीको सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था नगरेको उल्लेख गरे ।

प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य सरोज गोसाई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेश सदस्य सिर्जना सैजुले अझै पनि समाज बद्लिन नसक्नु दुःखको कुरा भएको उल्लेख गरिन् । उनले समाज परिवर्तनका लागि सोच परिवर्तन हुन जरुरी रहेको बताईन् । नेपाल क्रान्तिकारी महिला संघ केन्द्रिय कोषाध्यक्ष रोशन मैया सुवालले मंसारका महान महिलाहरु चर्चा गर्दै महिलामाथी आईपर्ने सम्पूर्ण चुनौतिहरुलाई पाखा लगाउँदैं महिलाहरुलाई राजनीतिक क्षेत्रमा अघि बढ्न आग्रह गरिन् ।

प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला कमिटि सचिब नवीन कुमार शाहीले गरेको जिल्ला कमिटि सचिवालय सदस्य अञ्जिर बहादुर शाहीले जानकारी दिएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !