मुख्यमन्त्री आचार्यद्वारा मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा, मेची–महाकाली उद्धार यात्रीहरुलाई लुम्बिनीमा स्वागत

कोहलपुर, कार्तिक ११,

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीका यात्रीहरुलाई स्वागत गरिएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेची–महाकाली उद्धार टोलीलाई स्वागत गरिएको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले टोलीलाई स्वागत गरेका हुन् । आचार्यले मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा गर्दै कार्यक्रममा आश्रमले गरेको गतिविधिको भिडियो हेरेर आफू स्तब्ध र थप गम्भीर बनेको बताए । कार्यक्रममा बोल्दै उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरि अगाडि बढ्ने र आश्रमका लागि बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

साथै लुम्बिनी प्रदेशलाई पनि सडकआश्रित मानवमुक्त प्रदेश बनाउन लुम्बिनी प्रदेश सरकार मानवसेवा आश्रमसँग सँगै सहकार्य र सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत यात्राको १४ औँ दिन आइतबार ४ जना सडकआश्रित मानवहरुको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएको हो । राष्ट्रिय उद्धार यात्राका क्रममा लमही नगरपालिका–५ बाट ३ जना र राप्ती गाउँपालिकाबाट १ जना गरि ४ जनाको उद्धार गरिएको हो ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि थालनी भएको यात्राको १४ औँ दिनसम्मको अवधिसम्मपुग्दा १३० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार गरिएका १०१ जना पुरुष र २९ जना महिलाको सङ्ख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् । आइतबार उद्धार हुनुभएका ४ जनालाई आजै मानवसेवा आश्रम तुलसीपुर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । साथै उद्धार टोली सोमबार दाङको घोराही र तुलसीपुर क्षेत्रमा सडकसेवा सम्पन्न गरि सोमबार नै यात्रीहरु नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश