डर, त्रास, फैलाउँदै उश्रृङ्खल गतिविधिमा संलग्न सामाजिक संजाल विरुद्ध पत्रकारको गम्भिर ध्यानाकर्षण

कोहलपुर, कार्तिक १२,

केहिदिन यता कोहलपुर क्षेत्रमा सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै भएका टिकाटिप्पणी प्रति कोहलपुर क्षेत्रमा रहेर कलम चलाउने पत्रकारहरुले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

पत्रकार आचारसंहिताको न्यूनतम पालना समेत नगरी रिर्पोटिङका नाममा हुलहुज्जत गरी डर त्रास फैलाउने गरिएका उश्रृङ्खल गतिविधि पत्रकार आचारसंहिताभित्र नपर्ने कुरा उल्लेख गरेका क्रियाशिल पत्रकारहरुले मिडियाकर्म आमनागरिकलाई भयभित वनाउने कर्म होईन, तसर्थ कसैको मान हानि गर्ने भन्दै असम्वन्धित पक्षलाई जोडेर वदनाम गर्ने कार्य गर्नु हुदैन भन्ने कुरामा जोड दिएका छन ।

पत्रकार वा सञ्चार माध्यमले सुचना वा जानकारी संकलन, संप्रेषण सभ्य र सिष्ट तवरले गर्नुपर्ने सत्य तथ्य र सन्तुलित हुनुपर्ने महिला बालबालिकाको हकमा संवेदनशिल हुनुपर्ने पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख विषय हुन भन्दै कोहलपुरमा बर्षौदेखि क्रियाशिल पत्रकारहरुले पत्रकारको पेशागत मर्यादामा आँच नपुग्ने गरी पत्रकार आचारसंहिताको पूर्ण भएका पालना गरी सञ्चार कर्म गर्न सवैमा अपिल समेत गरेका छन । सामाजिक सञ्जालमा आएका विषयलाई लिएर पत्रकारिता क्षेत्र र पत्रकारहरुप्रति नकारात्मक टिकाटिप्पणी नगरिदिनहुन समेत उनीहरुको आग्रह रहेको छ ।

पछिल्ला केही दिन साहारा टिभि एचडी नामक फेसवुक पेजमा आएका सामाग्रीका विषयमा समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर गरिएका टिकाटिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ उल्लेख गर्दै पत्रकारहरुले साहारा टिभी एचडी केवल सामाजिक सञ्जालमात्रै भएकाले यसैमा प्रकाशित सामाग्रीलाई कोहलपुरको आमपत्रकार र पत्रकारितासँग जोडेर नबुझीदिनुहुन पनि सम्पूणलाई अनुरोध गरेका छन ।

साहारा टिभीमा प्रकाशित गतिविधि र सामाग्रीप्रति समग्र आमसञ्चार क्षेत्रले दायित्ववोध नगर्ने, सोहि अनुसारको कानुन आकर्षित हुने र स्वयम जिम्मेवार तथा भागिदार हुनेमा निःसन्देह रहेको आग्रह गर्दछौं भनेका पत्रकारहरुले कोहलपुरको व्यवसायिक पत्रकारिताका सवालमा आफुहरु प्रतिवद्ध रहेको आम सरोकावालाहरुलाई समक्ष अपिल समेत गरेका छन ।

स्मरण रहोस कोहलपुर १० मा रहेको त्रिभुवन मावि र त्यहाँ कार्यरत शिक्षक तथा डमि पिडितको तोजोबोध हुनेगरि सहारा फेसवुक पेजले निरन्तर समाचार जस्तो लाग्ने भ्रमपुर्ण सामाग्रि हाल्दै आएपछि सिंगो पत्रकार जगतमाथि नै प्रश्न चिन्ह खडा भएपछि एकजुट भएर कोहलपुरका पत्रकारहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !