जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रायको सरुवा, अवस्थी आउँदैं

कोहलपुर, कार्तिक २९,

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका कार्यालय प्रमुख राम बिकेश रायको सरुवा भएको छ ।

रायको दुई वर्षको कार्यकाल सफलता पूर्वक सम्पन्न भएपछि सरुवा भएको हो । कोहलपुरबाट जल तथा मौसम विभागमा सरुवा भएको छ । रायले २ वर्षसम्म कार्यालयको कार्यसम्पादन गर्न, कर्णाली जस्तो दुर्गम कार्यक्षेत्रमा पनि लगातार खटेर कार्य सम्पन्न गरेका छन् । दैनिक तथ्यांक संकलन गरेर कार्यालयको मुख्य उद्देश्य परिपुर्ति गर्न तथा जल तथा मौसमी सूचनालाई अग्रपंक्तिमा राखी स्थानीयस्तरमा सम्प्रेषण गर्न उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

रायको एक कार्यक्रमका बिच बुधबार विदाई गरिएको हो । उनले आफ्नो बसाईलाई सफल तथा सुखद बनाउन सहयोग गर्ने कार्यालयका सम्पूर्ण कर्मचारी, जल–मौसम अवलोकनकर्ता, विभिन्न सरकारी निकाय र संघ–संस्था लगायतका सहकर्मीहरुलाई विशेष धन्यवाद दिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यालय प्रमुखका रुपमा राम प्रसाद अवस्थी आउँदै छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !