बालबालिकालाई ४ दिने नेतृत्व विकास तालिम मुक्ती प्रा.वि.मा सुरू

कोहलपुर, मंसिर १०,

मुक्ति आधारभूत विद्यालय कोहलपुर बाँकेमा ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम सोमबारदेखि सुरू भएको छ ।

कोहलपुर नगरपालिका २ मा रहेको मुक्ति आधारभूत विद्यालय कोहलपुरका बालबालिकालाई ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम सोमबारदेखि सुरू भएको हो । कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि हरी कठायतले समाजलाई सकारात्मक पथमा लैजान सक्षम नेतृत्व आवश्यक भएकाले तालिम दिन लागेको बताए ।

यस्तै संगम मिडियाका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक निर्देशक धना केसीले कार्यक्रम सञ्चालन गरेकी थिईन । तालिममा ४० जना सहभागी छन् भने प्रशिक्षक हिरा केसी सुवेदी र रूपा गहतरात रहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !