कोहलपुर, पुष ९,
प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव–एक्स्पो २०८१ को उद्घाटन गरिएको छ ।
मंगलबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको हो । बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभुसा भासा संस्कृति भन्ने मुल नारा सहित सुरु भएको महोत्सवको लुम्बिनी प्रदेश पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने लगायतका अतिथिहरुले उद्घाटन गरेका हुन् । नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजनामा महोत्सव संचालन भएको हो ।
नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद कोहलपुर बाँकेका अध्यक्ष कृष्ण पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री न्यौपाने प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथि न्यौपानेले कोहलपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनुपर्ने बताएका छन् । न्यौपानेले कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पु¥याउने उल्लेख बताए । उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथि कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य रहेका थिए ।
उद्घाटन समारोहमा विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महोत्सवका व्यवस्थापक अजय पुन मगर गोपालले प्रस्तावना पत्र पढेर सुनाएका थिए । कोहलपुर महोत्सव उद्घाटनका क्रममा कोहलपुर नगरपालिकाको गेटबाट विभिन्न झांकीसहित र्याली निकाल्दै कोहलपुर नगर परिकर्मा गरिएको थियो । महोत्सव स्थल भित्र हात्ती प्रर्दशनी गरिएको थियो ।
महोत्सवको पहिलो दिन जाले जाले रुमाल गीतकी गायिका देवी बस्नेतको प्रस्तुति रहेको थियो । यसैगरि दोस्रो दिन चर्चित लोक तथा दोहोरी गायक श्याम राना, थारु गयक राज कुश्मी लगायतका विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार नायक पल शाह, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, मिलन नेवार, बद्री पङ्गेनी, शान्तीरानी परियार लगायत अन्य कलाकारको बेजोड प्रस्तुतिसहित कोहलपुरको महोत्सवको इतिहासमा पहिलो पटक रसियन डान्सको आनन्द लिन सकिने छ । महोत्सवमा स्कुल कलेज स्तरीय नृत्य प्रतियोगिता गरिने र प्रथम, द्धितीय, तृतीय हुने प्रतियोगिलाइ क्रमशः नगद तीस हजार, बीस हजार, र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।