कोहलपुर, पुष १४,
बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को छैटौं दिन पनि विभिन्न प्रस्तुतिहरु प्रस्तुत भएका छन् ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुका बेजोड सांगीतिक प्रस्तुतिहरु रहेका थिए । १४ गते महोत्सवको मुख्य आकर्षणको चर्चित तथा लोकप्रिय गायिक शान्तिश्री परियार रहेकी थिईन् । बोल माया गीतबाट चर्चामा आएकी गायिका परियारले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन दिएकी थिईन् । उनका आफ्ना चर्चित गीतहरु बोलमाया,रुकुमै कोट, हियार लगायतका गीत गाउँदैं दर्शकलाई धुलो उडाउने गरि नचाएकी थिईन् । उनको गीतमा दर्शकहरुले धुलो उडाउदै महोत्सव स्थल नै रोमाञ्चक बनाएका थिए ।
त्यस्तै, अर्का आकर्षक तथा चर्चित लोक तथा दोहोरी गायक भागीरथ चलाउनेले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । भने युवा पुस्ताका गायक टंक तिमिल्सिनाले आफ्ना चर्चित गीतहरु लगायत लोक देउडा गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै गायिका तथा डान्सर मिना पुनले पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिईन् भने कोहलपुरकी छोरी मोडेल करिश्मा शाहीको प्रस्तुति रहेको थियो । पुष ९ गतेदेखि जारी महोत्सव सुरु भएको छैठौं दिनमा पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महोत्सवमा सोमबार पछिल्लो समयका निकै व्यस्त लोक तथा दोहोरी गायक रामजी खाँड, लोक तथा दोहोरी गायिका टीका पुन, रुपा घर्तीमगर, थारु गायिका सोमती थारुको प्रस्तुति रहनेछन् । महोत्सवमा मोडल तथा डान्सर पार्वती गुरुङ तथा यनी पुनको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिईरहेको बताएका छन् ।
महोत्सवका मुख्य आकर्षणका रुपमा बालउद्यान, कृषि प्रर्दशनी, व्यापारिक स्टलहरु, थारु गाउँ, कराँते, र उस्सु खेल प्रर्दशनी रहेका छन् । साथै मगर खाना परिकार, गुरुङ खाना परिकार, थारु परिकार, नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निःशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।