कोहलपुर, पुष १५,
बाँकेको कोहलपुर नगरपालिका ११ टाउन प्लानिङ्गमा रहेको सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयमा ‘फूड फेस्टिभल’ कार्यक्रम गरिएको छ ।
पाठ्यपुस्तकमा पढेको कुरालाई व्यवहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फूड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रअ शंकर न्यौपानेले जानकारी दिए । कक्षा ८, ९ र १० का विद्यार्थीले फेस्टिभलमा सहभागिता जनाएका थिए । विद्यार्थीहरुले फूड फेस्टिभलमा मःम, चाउमिन, फ्रेन्च फ्राई, पकोडा, जेरी, टिकिया, नमकिन, समोसा, कस्ट्राड ड्रिङ्क, पुरी अचार, लस्सी र ब्रेड पकउरी लगायतका परिकारहरु बनाएका थिए ।
प्रअ न्यौपानेका अनुसार अब्बल दक्ष जनशक्ति तयार गर्नका लागि विद्यालयले तहमा यस्ता कार्यक्रम ल्याएको भन्दै विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए । ‘विद्यालयमा लिएको शिक्षा मात्र अपर्याप्त हुने भएकोले व्यावहारिक ज्ञान आवश्यक पर्छ,’ उनले भने, ‘त्यसलाई पुरा गर्नका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।’
यस अघि पनि ‘कक्षा कोठामा अभिभावक कार्यक्रम’ सञ्चालन भएको थियो भने यो अहिले ‘फूड फेस्टिभल कार्यक्रम’ लाई अगाडी सारिएको प्रअ न्यौपानेले जानकारी दिए । विव्यस अध्यक्ष, सञ्चालक समितिका अध्यक्ष, लगायत अन्य अभिभावक संघ, अभिभावक लगायतकहरुको यस्ता कार्यक्रमहरुलाई निरन्तरता पाउने जानकारी दिएका छन् ।