प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको नयाँ नेतृत्व चयन

कोहलपुर, पुष २२,

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ ।

सोमबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । सम्मेलनले निरज सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमिला विश्वकर्मा, सचिवमा शान्ति सुनार, सहसचिवमा राजकुमार सन्ज्याल, कोषाध्यक्ष मनवीर परियार निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरू मिना रावल, प्रतिभा शाही, दिलिप बाठा, सुर्य तिवारी र दिपेन्द्र खड्का रहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर