देशैभरका करिब १६ टिम सहभागी हुनेगरी कोहलपुरमा खुल्ला टि–२० क्रिकेट प्रतियोगिता हुँदै

कोहलपुर, पुष २२,

बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा खुल्ला टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा आउँदो फागुन १८ गतेदेखि २८ गतेसम्म टि–२० क्रिकेट प्रतियोगिता गर्न लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कोहलपुर ४ किरणनालाका क्रिकेट खेलाडि तथा क्रिकेट प्रेमि स्व. वीरेन्द्र शाहीको स्मृती प्रतियोगिता गरिने भएको हो ।

क्लवले आफना सहकर्मी शाहीलाई जीवन्त राख्न तथा उनको क्रिकेट मोहको सम्मानका लागि क्रिकेट आयोजना गर्न लागेको जनाएको छ । शाहीको स्मृतीमा यसभन्दा अघि पनि विभिन्न खेलकुदहरु आयोजना गरेको सम्मेलनमा जानकारी गराईएको थियो ।

करिब ३ लाख राशीको खुल्ला टि–२० क्रिकेट प्रतियोगितामा देशैभरिका १६ वटा टिमले खेल्ने आंकलन गरेको आयोजकले जनाएको छ । राष्ट्रिय क्रिकेटका पुर्व कप्तान एलवि क्षेत्रीले विगत लामो समयदेखि स्थापना गरिएको कोहलपुर क्रिकेट मैदानको स्तरोन्नति गरिनुपर्ने बताएका छन् । सम्मेलनमा प्रमुख अतिथी रहेका क्षेत्रीले ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारा नै परिवर्तन गरी’ दक्ष खेलाडी उत्पादनका लागि खेल’ भन्ने वनाईनुपर्नेमा जोड दिएका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले वार्षिक रुपमा स्व. वीरेन्द्र शाहीको स्मृतीमा हुने यस्ता प्रतियोगिताकालागि वजेट विनियोजनकालागि कार्यपालिकामै आवाज उठाउने बताएकी छन् । उनले यस प्रतियोगिताका लागि वडाबाट वजेट रकमान्तर गरेर सहयोग गर्ने बताईन् । नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेल क्षेत्रमा आवश्यक वजेट नहुदा खेलप्रेमी आयोजक र खेलाडि उत्पादन गर्न क्लवहरुलाई निकै चुनौति हुँदै आएको बताएका छन् ।

क्षेत्रीले उनले आगामि स्थानिय सरकारको वजेटमा खेल तथा खेलाडीहरुका लागि आवश्यक वजेट विनियोजन गराउन आफुले नगर खेलकुदको तर्फवाट कुनै कसुर नराख्ने वताए । कार्यक्रममा समाजसेवी एवं एमाले नेतृ अनिता पौडेल लगायत विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष गम्भिर जंग मल्लको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण क्लवका सचिव नविन बुढाथोकिले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई