कोहलपुर, पुष २६,
कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले महिलाको सशक्तिकरणको लागि समाजका हरेक तहमा पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. १३ का दलित महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणका लागि तिन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्दै वडाध्यक्ष खड्काले महिला नेतृत्वको विकासको लागि तालिम जस्ता अवसरहरू महत्वपूर्ण रहने बताएका हुन् । उनले महिलाहरुलाई आफ्नो अधिकारको पहिचान र समाजमा योगदान पुर्याउने अवसर दिने यस्ता तालिमले प्रदान गर्ने बताएका हुन् ।
संगम मिडिया हबका संचालक हेमन्त विकले तालिमको उद्देश्य र महत्वलाई स्पष्ट गर्दै, यस किसिमका कार्यक्रमहरूले दलित महिलाहरूलाई समाजमा आफ्नो स्थान बनाउने र सशक्त बनाउने अवसर प्रदान गर्ने बताएका छन् ।
त्यसैगरी, कोहलपुर नगरपालिका वडा नं. १३ की महिला सदस्य रुद्र कली विश्वकर्माले महिलाको सशक्तिकरणका लागि आफूले गरेका प्रयासहरूको चर्चा गर्दै, “यी तालिमहरूले महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउँनेमा जोड दिएकी छिन् । अर्की महिला सदस्य गोमा खनालले, “यस्ता तालिमले महिलाहरुलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिन्छ र समाजमा महत्वपूर्ण भूमिका खेल्न उत्प्रेरित गर्ने बताईन् ।
कार्यक्रमको सहजिकरणका रुपमा रहेकी कान्तिपुर संवाददाता रुपा गहतराजले तालिमको विषयवस्तु र उद्देश्यलाई प्रस्तुत गर्दै, “महिलाको सशक्तिकरण केवल व्यक्तिगत लाभका लागि नभई समाजको समग्र प्रगतिको लागि आवश्यक रहेको बताईन् ।
यस तालिमले दलित महिलाहरूलाई नेतृत्वको क्षेत्रमा अझ प्रभावशाली बनाउन मद्दत पुर्याउनेछ र आउने दिनमा यस किसिमका थप कार्यक्रमहरूको आयोजना गर्ने योजना रहेको आयोजक संस्थाले जनाएको छ । संगम मिडिया हबको आयोजनामा शुक्रबारदेखि सुरु भएको तालिमले महिलाको क्षमता र आत्मविश्वासको वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।